७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभोर्स गरेपछि श्रीमतीको जिब्रो काटियो



अ+ अ-

एजेन्सी । पाकिस्तानमा एकजना पुरुषलाई आफ्नी श्रीमतीसँग डिभोर्स गरेपछि श्रीमतीको जिब्रो काटिदिएका छन् । लाहोरभन्दा केही टाढा रहेको एक गाउँका बासिन्दा ती पुरुषले डिभोर्स गरेलगत्तै आफ्नी पूर्वपत्नीको जिब्रो काटेका हुन् ।

हाफिजाबाद जिल्लाको पिँडी भट्टिया गाँउका जहाँगिर नामका ती पुरुषले डिभोर्सपछि पूर्व पत्नीसँगको विवादमा गत शनिबार भूपू ससुरालीमा पुगे । जिब्रो काट्ने योजना बनाएर गएका ती पुरुषले पूर्व पत्नीमाथि आक्रमण गर्दै गोजीमा रहेको कैँची निकालेर पूर्व पत्नीको जिब्रो काटिदिएका हुन् ।

जहाँगिर नामका ती पुरुषले जिब्रो काटिदिएकी महिलाको नाम नसरीन हो । उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो ।

ती पुरुषमाथि हत्याको कोसिस गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको छ । तर आरोपी भने फरार रहेका र उनको खोजी भइरहेको डेलीमेलले जनाएको छ ।