२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सक आन्दोलन : २४ घण्टा भोकै सुताएपछि अप्रेसन हुन्न भन्दै घर फर्काए



अ+ अ-
फायल फोटो

काठमाडौं । चिकित्सकले फागुन १ गते जचाउँदा भनेका थिए, ‘फेरि अर्को अप्रेसन चैत २२ मा गर्नुपर्छ, २० गते सम्पर्क गर्नुस् ।’ मैले त्यसै गरेँ।

२१ गते बिहीबार बिहान ९ बजे भर्ना भएँ, वीर अस्पतालको ग्यास्ट्रो सर्जरी बेड नम्बर १९३ मा । चिकित्सकले चेकजाँच गरे । पहिलेझैं रगत, ईसीजी, एक्सरे गर्न भने । त्यसै गरेँ । सबै ल्याबका रिपोर्ट फाइलमा ठिक्क पारेँ।

बिहीबार बेलुका चिकित्सकले भने, ‘ल खाली पेट बस्नू । शुक्रबार बिहान अप्रेसन हुन्छ ।’ केही खाइनँ, खाली पेट बशुल्क हजार रुपैयाँ पनि बुझाएँ । चिरफारका सामान र बेहोस पार्न आवश्यक सबै औषधि किनेर ल्याएँ, ठिक्क पारेँ।

पेट खाली थियो। भोक लाग्ने नै भयो। दिसा गर्ने ठाउँमा काट्नुपर्ने भएकाले इन्फेक्सनको बढी सम्भावना थियो। त्यसैले बिहीबार दिउँसो १२ बजेदेखि खाली पेट बसेको थिएँ। हरक्षण अप्रेसनको चिन्ता मनमा भइरह्यो। यो अप्रेसन सक्न पाए, केही बिसेख हुन्थ्यो कि रु

शुक्रबार बिहानै अप्रेसनका लागि चिकित्सक आएर सबै हेरेरजाँचे । ‘ठीक छ’ भने । गए । अप्रेसनमा लैजान ह्विलचियर लिएर आउलान् भन्दाभन्दै निदाएँ । दिउँसो १२ बजेसम्म कोही आएनन् ।

नर्सलाई सोधेँ, ‘अप्रेसन गर्न किन ढिलो रु’ उनले उल्टै ‘तल्लो तलामा रहेको अप्रेसन थिएटरमा गएर ग्यास्ट्रोको डाक्टरलाई आफैंले सोध्न’ भनिन् । म झोंक्किँदै तल झरेर सोधेँ। अप्रेसन गर्न ठीक पर्न लगाएका डाक्टर इन्द्रकुमार झाले जवाफ फर्काए, ‘हेर्नुस् नारायणजी, हामी अप्रेसन गर्ने युनिफर्ममा छौं । तर डाक्टरहरूको हडताल छ ।

तपाईंको गरौं भने फेरि डाक्टरहरू कराउँछन् ।’
पेसागत आन्दोलन भएकाले नरिसाउनुहोला भने । ‘हडताल रोकिए बुधबार सम्पर्क गरेर अर्को बिहीबार भर्ना हुने र शुक्रबार अप्रेसन गरौंला है’ भन्दै बिदा हुन खोजे । म नाजवाफ भएँ। कुरेरै भए पनि उनैबाट अप्रेसन गराउनुछ, रिसाउने कुरै भएन।

भनेँ, ‘त्यसो भए डिस्चार्ज कागजमा चिकित्सकको हडतालका कारण अप्रेसन हुन सकेन भनेर लेख्दिनुस्।’ उनले ‘बरु अप्रेसन पोस्टपोन्ड भयो भनेर लेखौंला, चिकित्सकको हडतालले सरेको भनेर लेख्न मिल्दैन’ भने । यसबारे आजको कान्तिपुर दैनिकमा नवलपरासी संवाददाता नारायण शर्माले लेखेका छन् ।