१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी र स्वारेजविना बार्सिलोनाले जित्न सकेन



अ+ अ-

काठमाडौं। स्पानिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना र हुएस्का गोलरहित बराबरीमा रोकिएका छन् । स्टार मेसी र सुअरेज लगायतका खेलाडीलाई आराम दिँदा बार्सिलोनाले पनि गोल गर्न सकेन ।

योसँगै ३२ खेल खेलेको बार्सिलोना ७४ अंकसहित पहिलो स्थानमा छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई २-० ले पराजित गरेको छ। जितसँगै एट्लेटिकोले ३२ खेलबाट ६५ अंकसहित बार्सिलोनासँग अंकदूरी ९ मा घटाएको छ ।
हुएस्का विरुद्धको खेलमा दुई दिनअघि च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको टोलीमा रहेका ११ मध्ये गोलकिपर मार्क टेर स्टेगनले मात्र खेलेका थिए ।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले मंगलबार क्याम्प नोउमा हुने च्याम्पियन्स लिग अन्तर्गत हुने क्वाटरफाइनलको दोस्रो लेग खेललाई मध्यनजर गर्दै कप्तान लिओनेल मेसी, लुइस सुआरेज, इभान राकीटिच, जेरार्ड पिके, सर्जियो बुस्केट्स र सर्जी रोबर्टोलाई आराम दिएका थिए ।