२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरा बस दुर्घटना : मृत्यु हुने पाँचै जनाको सनाखत भयो



अ+ अ-

डडेल्धुरा । धनगढीबाट बझाङ जाँदै गरेको यात्रु बहाक बस डडेल्धुराको साहुखर्कमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान बिहान ५ बजेतिर ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गापा १ साहुखर्कमा दुर्घटनामा हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्यूका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, सोही ठाउँकी ५५ वर्षीय कल्सीदेवि गुरधामी, हरुली बोहरा, र २५ वर्षीय भारतीय नागरिक मोहोमद नासिर र तल्कोट–४ का ४४ वर्षीय धनबहादुर घर्ती रहेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

दुर्घटनामा परी ३४ घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

डडेल्धुरा अस्पतालले उनीहरुलाई जिल्ला बाहिर पठाएको छ। रेफर हुनेमा थलरा–३ बझाङका धनबहादुर चौहान, मष्टा–१ का २२ वर्षीय विनोद थापा र गोदावरी नगरपालिका–१० का रमेश चौधरी रहेको अस्पतालले जनाएको छ।

बस सडकबाट ६० मिटर तल खसेको जनाइएको छ। ओभर लोड भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।