१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेरो सरकार’ बारे प्रचण्डको यस्तो खुलासा



अ+ अ-

काठमाडौँ । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्दावली उल्लेख गरेकामा नेकपा संसदीय दलको बैठकमा आलोचना भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहालले नै नीति तथा कार्यक्रम आफूले पढदा ‘मेरो सरकार’ उल्लेख नभएको बताएपछि सांसदहरू झन् अचम्मित भएका थिए।

‘अरू विषयमा छलफल भएको थियो,’ दाहालले भने, ‘मेरो सरकारको कुरा मैले पढेको नीति तथा कार्यक्रममा थिएन । मलाई यसबारे जानकारी छैन।’

बैठकमा सांसद रामकुमारी झाँक्रीले ‘मेरो सरकार’ भनिएकामा आपत्ति जनाएकी थिइन् । ‘यो भाषा बेठीक छ । गणतन्त्रमा यस्तो भाषा सुहाउँदैन,’ उनले भनिन् । बैठकपछि झाँक्रीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेकी छन्, ‘मेरो सरकार भन्ने चलन संसारभरि छ भन्ने भनाइसँग सहमत हुन सकिएन । आफ्नो फरक मत राख्दै नीति तथा कार्यक्रम पास गर्न भोट हाल्नेछु।’

बैठकमा सांसद जनार्दन शर्माले मेरो सरकार भन्ने भाषाले राष्ट्रपति विवादमा परेकाले यसलाई सरकारले प्रस्ट पार्नुपर्ने बताए । सांसदहरूले आलोचना गरेपछि नेताहरूले अन्तर्राष्ट्रिय मान्यताअनुसार नै यस्तो भाषा राखिएको भन्दै सम्झाउने प्रयास गरेका थिए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।