६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ’



अ+ अ-

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।

गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा आठाँैं जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने बताउनुभयो । साथै, उहाँले एक्लै सरकाले सबै काम गर्छु नभनेको पनि बताउनुभयो । हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई उहाँलेआग्रह गर्नुभयो । उहाँले सत्ता गुमेको छट्टपटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केही नभएको बताउनुभयो ।

उहाँले लोकतन्त्रमा सरकारभन्दा बलियो सामाजिक सम्बन्ध हुने भएकाले समाजको सम्बन्धलाई मजबुत राख्न सामाजिक सद्भाव र सामाजिक खुशीको पक्षमा सरकार रहेको धारणा राख्नुभयो । उहाँले समृद्ध नेपाल निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुहुँदैपहिलो वर्ष आधार वर्ष र दोश्रो वर्ष कार्यान्वयन वर्षका रूपमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताउनुभयो । सरकारले गफ गरेको भन्नेहरूप्रतिलक्षित गदै मन्त्री बाँस्कोटाले बोलेपछि मात्र काम हुने स्पष्ट पार्नुभयो । उहाँले ‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ’ भन्नुभयो । यो खबर आजको गोरखपत्र दैनिकमा छापिएको छ ।