६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम निबन्ध जस्तो : नेता सिंह



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई ब्याग्य गर्दै सरकारले पेश गरेको नीति तथा कार्यक्रम कुनै विद्यालयको तेज विद्यार्थीले लेखेको निबन्ध जस्तो भएको बताएका छन् ।

मंगलबार सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संसदमा नेता सिंहले नीति तथा कार्यक्रमका नारा मात्रै सिमित भएको बताए ।

‘एउटा कुनै हाईस्कुलको तेज विद्यार्थीलाई कक्षामा देश बनाउनको लागि के के गर्नुपर्छ भनेर निबन्ध लेखे जस्तो सरकारको नीति कार्यक्रम आएको छ,’ उनले भने ।

प्रधानमन्त्री सवै विषयमा जानकार हुनुहुन्छ । नीति तथा कार्यक्रमका हरेक पानामा नारै नारामात्रै छन् । तर नारा राम्रा भएर मात्रै के गर्ने ?’ उनले प्रश्न गरे ।

काग्रेस नेता सिंहले ओली प्रधानमन्त्री भैसकेपछि काठमाडौँको धुलो नियन्त्रणको लागि संसदमा आएर माक्स लगाएको मान्छे देख्नपर्दैन भनेर बोलेको स्मरण गराउँदै भने, ‘प्रधानमन्त्री, मन्त्रीहरुले मात्रै माक्स फुकाए पनि जनताले फुकाल्न पाएका छैनन् ।’