६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशवादी दल संविधान संशोधन पक्षमा छैनन् : उपसभापति निधी



अ+ अ-

धनुषा । नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सङ्घीयतालाई कार्यान्वयन गर्ने कुनै कार्यक्रम नरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुनै कार्यक्रम छैन ।”

उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रम अश्वासनको पोको मात्रै हो, यो कार्यक्रमविहीन र नीतिविहीन रहेको आरोप लगाउँदै सङ्घीयता र संविधान विरोधी नीति तथा कार्यक्रमले संविधान संशोधनको मुद्दालाई पनि गौण बनाएको बताउनुभयो ।

उहाँले काङ्गे्रस अहिले पनि संविधान संशोधनको पक्षमा अडिग रहेको बताउँदै मधेशवादी दल नै संविधान संशोधनमा रुचि नराखेको चर्चा गर्नुभयो । उपसभापति निधिले प्रदेश नं २ को नामकरण मधेश नभई मिथिला–भोजपुरा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।