१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीराज चौहानको बायोपिकबाट डेब्यु गर्दै मानुषी !



अ+ अ-

काठमाडौं। मानुषी छिल्लरले सन् २०१७ मा मिस इन्डियाको ताज जितेसँगै उनको बलिउडमा डेब्युको चर्चा चल्यो । मानुषीले कयौं पटक बलिउडका पर्फेक्ट अभिनेता आमिर खानसँग काम गर्ने इच्छा ब्यक्त गरिसकेकी छन् । तर समाचारमा आए अनुसार मिस इन्डिया मानुषी छिल्लरलाई आमिर खानसँग नभई सिल्भर स्क्रिनमा अर्का अभिनेता अक्षय कुमारको अपोजिटमा देखिन सक्नेछन् ।

मिडिया रिपोर्टका अनुसार मानुषी छिल्लर र अभिनेता अक्षय कुमार कृथ्वीराज चौहानको बायोपिकमा सँगै देखिने भएका छन् । यो फिल्मलाई यशराज फिल्मसले निर्माण गर्दैछ । सुत्रका अनुसार मानुषी छिल्लरले अक्षय कुमारको अपोजिटबाट बलिउडमा डेब्यु गर्न गइरहेकी छन् । मानुषीले पृथ्वीराज चौहानको बायोपिकको लागि साइन गरिसकेकी छन् ।

यस ऐतिहासिक ड्रामालाई चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्नेभएका छन् । मानुषीले फिल्ममा संयुक्त भूमिका निभाउनेछन् । उनले अक्षय कुमारसँग अनस्क्रिन रोमान्स गर्नेभएकी छन् । आदित्य चोपडालाई मानुषीको स्क्रिन प्रेजेन्टेशन राम्रो लाग्ने बताइएको छ ।

अहिलेको समयमा मानुषी बलिउड डेब्युमा ब्यस्त छन् । उनले एक्टिङ र डान्स वर्कसपमा पनि सहभागिता जनाईरहेकी छन् ।




भर्खरै