२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारको २५ रोपनी जग्गा भाटभटेनीका मालिकका परिवारको नाममा



अ+ अ-

काठमाडौं । बालुवाटारबाट व्यक्तिको नाममा गएकोमध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा सीमित रहेको पाइएको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरुका परिवारका नाममा झन्डै २५ रोपनी जग्गा देखिएको हो । गुरुङले आफ्नो परिवार र कम्पनीका नाममा समेत जग्गा खरिद गरेका छन् ।

‘करिब ६० कित्ता जग्गा उनीहरुले आफ्नो परिवारका सदस्य र सामूहिक स्वामित्वमा खरिद गरेको देखिन्छ,’ भूमि व्यवस्थापन विभाग स्रोतले भन्यो, ‘उनीहरुले आफ्नो नाममा ल्याएर बेचेको जग्गाको हिसाबकिताब यसमा छैन, त्योसमेत जोड्ने हो भने अझै बढी जग्गा आफ्नो पञ्जामा पारेको समाचार कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।