६ आश्विन २०८१, आईतवार
,
Latest
एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा बिक्रीका लागि नदीजन्य सामग्री थुपारेको डम्पीङ् फेला



अ+ अ-

भद्रपुर । गाउँपालिकाको सडक स्तरीकरणका लागि भन्दै नियम मिचेर उत्खनन गरिएको नदीजन्य सामग्री गाउँपालिका जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा बिक्रीका लागि अन्यत्रै थुपारेको(डम्पीङ्) फेला परेको छ ।

हल्दिवारी गाउँपालिका भित्र स्तरीकरण भइरहेका सडकमा हाल्न भनि स्थानीय देउनिया खोलाबाट वातावरणीय परीक्षण नगरिकन नियम विपरित उत्खनन् गरिएको गिटी बालुवा वर्षादमा मोटो रकम असुल्ने लक्ष्य राखेर ठेकेदारको सहजताका लागि १ नम्बर वडाध्यक्ष त्रिलोचन सापकोटा र कार्यपालिका सदस्य सागर पोर्तेलको नेतृत्वमा सामग्री थुपारेको फेला परेको हो ।

गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक डम्बरबहादुर गिरीले अनुगमन गर्दा सडकमा सामग्री हालेको नपाएपछि गरिएको हल्दिवारी १ मा रहेको निर्माणाधीन सापटी पुल नजिकै प्लटिङ्मा र १ नम्बर वडा कार्यालय छेउमा थुपारेको फेला परेपछि घटना सार्वजानिक भएको हो । दुई स्थानमा अनुमानित ३ सय टिपर सामग्री रहेको स्थानीयले बताएका छन् । सामग्री देवनिया खोलाबाट ठेकेदार विरबल योङ्हाङ् र कुमार कार्कीले जेसिभी हालेर उठाएका थिए । जम्मा गरेको सामग्री खोला बन्दको समयमा बिक्री गर्ने उद्देश्यले थुपारिएको एक स्थानीयले नाम नछाप्ने सर्तमा बताए । यो सरासर दोहोरो भष्ट्रचार हो उनले भने जनप्रतिनिधिको नियत नै खराब रहेको उनले आरोप लगाए ।

प्राकृतिक सम्पदा जर्गेना गर्ने उद्देश्यले असारदेखि भदौ महिनासम्म खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न नपाइने भएकोले गाउँपालिका क्षेत्रभित्र सडक स्तरोन्नति गर्नका लागि गाउँ सभाले खोला ठेक्का नलगाइ स्थानीय खोला नै प्रयोग गर्ने निर्णय गरेको थियो । वैधानिकताका लागि वातावरणिय परिक्षण(आइ ई ई) समेत स्वृकित भएको थियो । गाउँपालिका क्षेत्रभित्र प्रयोग गर्ने गरि ५ वटै वडाबाट अध्यक्ष सापकोटा संयोजक, भौतिक पूर्वाधार समितिका संयोजक पोर्तेल सचिव,प्राविधिक र वडा अध्यक्ष समेतको सदस्य रहने गरि कार्यपालिका वैठकबाट ग्राभेल व्यवस्थापन समिति गठन भएको थियो ।

गठित समितिले खोलाबाट उत्खनन गरिएको सामग्री गाउँपालिका क्षेत्र भित्र रहेका सडकमा लगाउनु पर्ने जिम्मेवारी पाएको थियो । खोलाबाट उठाएको सामग्री २ र ३ नम्बर वडाका केही सडकमा लगाइरहेपनि अन्य वडाका सडकमा नलगाइ ठेकेदारले थुपारेको छ भन्ने जिल्ला प्रशासन ,स्थानीय, भेलागढी सामुदायिक वन लगायतबाट गुनासो आएपछि अनुगमनको लागि अनुगमन समितिका संयोजक तथा उपप्रमुख गिरी सहितको टोली देवनिया खोला गएको थियो । उत्खनन पनि लापारबाही तरिकाले गरेको ,खोला तटबन्धन गरेको जाली पनि बिगारेको लगायतको दृष्य फेला पारेको थियो ।

त्यसपछि टिपरलाइ पछ्याउदै जाँदा स्थानीय ठेकेदारले सामग्री थुपारेको फेला पारेको गिरीले बताए । संयोजक सापकोटा कै वडामा चै एक टिपर पनि सामग्री सडकमा नहालेको फेला पारेको उनले बताए । १ नम्बर वाडमा ग्राभेल गर्न भन्दै ठेकेदारले डम्पिङ् गरेर राखेको पाइएको उनको भनाइ छ । घटनापछि तत्काल यो कानून विपरित भएकोले खोलाबाट जेसिभी र टिपर हटाएको उनले बताए । गाउँपालिकाबाट राजस्व उठाउन खोला पठाएको व्यक्तिलाइ समेत सापकोटा र पोर्तेलले समेत राजस्व उठाउन नदिएको उनको भनाइ छ । राजस्व पनि काटन नदिने र ठेकेदारले डम्पीङ् गरेर राख्नुमा केही गडबढी देखिएको उनले जनाए । डम्पीङ् गरेको सामग्रीको विषयमा सोही समितिले के गर्ने हो समिति नै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

खोला बन्द भएको समयमा जहाँ – जहाँ स्तरोन्नति गरिनु पर्ने हो सोही ठाउँमा सामग्री थुपार्नु पर्नेमा सो नगरिएको फेला परेको गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए । घटना सार्वजानिक भएकोले यो विषयमा अनुसन्धान अघि बढाइएको उनको भनाइ छ ।

गोलधापमा रहेको तीनओटा सडकमा लगाउनु पर्ने ग्राभेल पानी परेका कारण लगाउन नसकिएको भन्दै सामग्री जम्मा गरेको ठेकेदारले जवाफ दिएको संयोजक सापकोटाले बताए । जम्मा गरेको सामग्रीलाइ तत्काल सडकमा लगाउन निर्देशन दिइसकेको उनको भनाइ छ । ठेकेदारसँग कुनै मिलोमतो नभएको उनले दाबी गरे ।