सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्ने खालको भएकाले समस्या उत्पन्न भएको दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सरकारको नीति तथा कार्यक्रममा भएका त्रुटीलाई प्रतिपक्षले सच्याउँदा समेत वेवास्ता गर्दै पेलेर पास गराउने कार्य भएको आरोप लगाए ।
नेता पौडेलले “लथालिंग देशको भताभु्ग चाला, जसजसले सक्छ, उसैले खाला” भन्ने जस्तै गरी लुटतन्त्र मच्चिएको आरोप लगाए।
राष्ट्रपति, प्रधानमन्त्री र नेताका नाममा सडक तथा विभिन्न कार्यक्रम ल्याइ सरकारले बद्नाम गर्ने काम गरेको उनले बताए । हावादारी र कपोकल्पित काम मात्र वर्तमान सरकारले गरेको उनको दाबी रहेको छ ।