२२ भाद्र २०८३, सोमबार
,
Latest
जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता पर्साबाट फरार प्रतिवादी पक्राउ रसुवा बाढीः एक हजार ३५५ को मृत्यु धनुषामा २२५ पोका रगत सङ्कलन बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलपक्षीका लागि प्रख्यात पुरैनी ताल संरक्षण गरिने



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा रहेको पुरैनी ताल संरक्षण गरिने भएको छ । नगरपालिकाले तालको पानी सुकेको भागलाई पोखरीमा परिणत गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने भएको छ ।

रु १६ लाखको लागतमा झण्डै तालको सात बिघा जग्गामा पोखरी निर्माण गर्ने र तालको चारैतिर माटोको पर्खाल निर्माण गर्ने योजना अघि सारिएको नगरप्रमुख पोतिलाल चौधरीले बताउनुभयो । “तालको पुरिँदै गएको भागमा पोखरी निर्माण गर्दा ताललाई पुरानै अवस्थामा फर्काउन सकिन्छ”, उहाँले भन्नुभयो, “पोखरीमा माछापालन गर्दा स्थानीय बासिन्दाको आयस्रोतमा समेत वृद्धि हुन्छ ।” आगन्तुक र रैथाने जलपक्षीका लागि पुरैनी ताल प्रख्यात रहेको छ । ताल पहिला ३२ बिघा क्षेत्रफलमा फैलिएको थियो ।

स्थानीय बासिन्दाले तालको वरिपरिको क्षेत्र अतिक्रमण गरी खेती गर्न थालेपछि २८ बिघा क्षेत्रफलमा खुम्चिएको स्थानीयवासी रामबहादुर चौधरीले बताउनुभयो । तालको अतिक्रमण हटाउन नगरपालिकाले जग्गाको नक्साङ्कन गर्ने जनाएको छ । स्थानीय बासिन्दासमेत ताल संरक्षणका लागि काम अगाडि बढाइने भएपछि तालको अतिक्रमण गरेको जग्गा फिर्ता गर्न सहमत देखिएका छन् ।

ताल संरक्षणका लागि सिद्धेश्वर सहकारी संस्थाले काम अगाडि बढाउँदै आएको छ । तालमा रहेका जलपक्षीलाई संरक्षण गर्न र तालको जैविक विविधता बचाइराख्न सहकारी संस्थाले स्थानीय बासिन्दालाई सेचत पार्दै आएको छ । तराई क्षेत्रका अधिकांश ताल वैशाख, जेठमा सुक्ने गरे पनि यस तालमा बाह्रै महीना एकनासको पानी रहने गरेको छ । ताल कमलका फूलका लागि समेत प्रख्यात छ । स्थानीय थारू भाषामा कमललाई पुरैना भन्ने गरिएकाले त्यसै आधारमा तालको नाम पुरैनी राखिएको बताइएको छ ।