५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजनको गृहकार्य हेर्ने अभिभावक सञ्चारमन्त्री



अ+ अ-

काभ्रेपलाञ्चोक । सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डोर्याउँदै उनको कोठामा लगेर कापी–किताब माग्नुभयो । सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए ।

पाँचखाल नगरपालिका–१२ बालुवास्थित सुजन दनुवारको घरमा शनिबार अपराह्न पुग्नुभएका मन्त्री बाँस्कोटाले सुजनलाई शुक्रबार दिइएको गृहकार्य सरासर हेर्दै कक्षा १ बाट हासिल गरेको स्थानबारे प्रश्न गर्नुभयो । ‘सेकेण्ड भएँ’ छ वर्षका सुजनले उत्तर फर्काइहाले । सुजनलाई बधाई भन्दै ‘स्कूलले के–के दियो त बाबु तिमीलाई ?” मन्त्री बाँस्कोटाको थप प्रश्नलगत्तै सुजनले भने, “किताब, कापी, पेन्सिल, मोजा, के–के हो, के–के ।”

मन्त्री बाँस्कोटाले करीब २० मिनेटको समय कुराकानी गर्दै सुजनको तीन कापी तथा गणित र अङ्ग्रेजी विषयका दुई प्रयोगात्मक किताब हेर्नुभयो र भन्नुभयो, “राम्रो छ, अझ प्रयास गर्नु, अब कक्षामा पहिलो हुनुपर्छ, म तिम्रो होमवर्क चेक गर्न बेलाबेलामा आउँछु नि !”, मन्त्री बाँस्कोटाको कुरा सुनेर सुजन उत्साहित देखिए ।

सुजनलाई मन्त्री बाँस्कोटाले आउँदो असारताका स्कूलको ‘वर्षे बिदा’ मा काठमाडौँ आउन भन्नुभयो । सुजनले मधुर बोलीमा ‘हुन्छ’ मात्रै भने । उनका बाबुआमा भने कोठाको ढोकामा उभिएर मन्त्री बाँस्कोटा र सुजनबीचका कुराकानी सुनिरहे ।

मन्त्री बाँस्कोटाले सुजनलाई किताब–कापी झोलामा राख्न आग्रह गर्दै आफू भ्याएसम्म महीना दिनमा भेट्न आउने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, “यदि भ्याइनँ भने दुई महीनामा एकचोटी पक्का ।”

मन्त्री बाँस्कोटाले कक्षा १२ सम्मका लागि अभिभावकत्व ग्रहण गरेका सिमान्तकृत दनुवार समुदायका सुजन हाल स्थानीय आजाद माध्यमिक विद्यालयमा २ कक्षामा पढ्दैछन् । सुजनसँगको भेटघाटपछि मन्त्री बाँस्कोटाले भन्नुभयो, “सुजनले प्रगति गर्दैछ, यसमा म खुसी छु, अन्य दुई बालबालिकाको अवस्था बुझ्न केही दिनपछि उनीहरुको घरमा जान्छु ।” उहाँले सुजनको अभिभावकत्व ग्रहण गरेपछि काभ्रेपलाञ्चोकमा २०७५ सालको भर्ना अभियान शुरु गरिएको थियो ।

मन्त्री बाँस्कोटाले यस वर्ष पनि जिल्लाका थप दुई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले भर्ना अभियानअन्तर्गत गत वैशाखमा पाँचखाल नपा–१ का आमाबाबु नभएका प्रितम तामाङलाई स्थानीय ज्ञानेश्वरी मावि र पाँचखाल नपा–५ का बाबु नभएका निष्मा सुनारलाई स्थानीय जनउद्धार प्राविमा कक्षा १ मा भर्ना गरी अभिभाकत्व ग्रहण गर्नुभएको हो ।