५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड, बृद्ध भत्ता २ हजारबाट ३ हजार



अ+ अ-

काठमाडौं । सरकारले विभिन्न १८ आयोजनाबाट ३५ सय मेगावाट विद्युत उत्पादन गर्ने प्रक्रिया थाल्ने भएको छ।


यस आर्थिक वर्ष कम्तीमा १ हजार मेगावट विद्युत यसवर्ष राष्ट्रिय प्रशारण लाइनमा थप गर्ने लक्ष्य लिइएको समेत अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

सरकारले नुवाकोट र काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरेको छ । बजेटमा नेपाली कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत छुट दिइने र व्याजमा ५ प्रतिशत अनुदान दिइने जनाइएको छ ।

ऊर्जा विकास
त्यस्तै सबै प्रदेशमा कम्तिमा २ ठूला विद्युत आयोजना वा सौर्य ऊर्जा आयोजना स्थापना गर्ने जनाइएको छ । त्यस्तै प्रदेश २, कर्णाली र सुदुरपश्चिमलाई पूर्णरुपमा उज्यालो बनाइनेछ जनाइएको छ। बजेटमा बुढीगण्डकीलाई १३ अर्ब, बुढीगंगालाई २ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।

सरकारले उपत्यकामा यसै वर्ष ३ हजार मानिस अट्ने सम्मेलन केन्द्र निर्माण गर्ने घोषणा गरेको छ।

बजेटमा ३ वर्षभित्र ५ हजार मानिस अट्ने सम्मेलन केन्द्र बनाइने जनाइएको छ । सबै प्रदेशमा २ हजार मानिस अट्ने सम्मेलन केन्द्र स्थापना गरिने समेत भनिएको छ । त्यस्तै धनगढी, सुर्खेत र विराटनगरमा सभाहल निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

प्रदेश र स्थानीय तहको अन्तर आबद्धता सुदृढ गर्न ४ बर्ष भित्र सम्पूर्ण स्थानीय तहका केन्द्रका सडकलाई कालो पत्रे गरेर प्रदेश तहको राजधानीसंग जोडिने छ। संघ ,प्रदेश र स्थानीय तहको सह लगानीमा ५ अर्ब ७ करोड विनियोजन गरेको अर्थमन्त्री बताए।

प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड विनियोजन

  • उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड
  • आफ्नो गाउँ, आफैं बनाऊु नारा ब्यूँताइयो, श्रम रोजगारमा ७ अर्ब
  • वृद्धभत्ता ३ हजार पुग्यो, एकल महिलाले मासिक २ हजार पाउने
  • आगामी वर्ष युवा परिचालन वर्षको रुपमा मनाउने
  • सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा थप १ रुपैयाँ कर
  • विद्युत् उत्पादन दोब्बर हुने
  • विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय
  • सामाजिक सुरक्षाको विस्तार, उत्पादन शक्तिको विकासमा प्राथमिकता
  • यसै वर्ष उपत्यकामा ३ हजार मानिस अट्ने सभाहल
  • आगामी वर्ष ‘वृक्षारोपण वर्ष’
  • स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई ६ करोड बजेट
  • ९ अर्ब रासायनिक मलको अनुदान। अभाव हुन नदिने।
  • सबै प्रदेशमा नमूना अर्ग्यानिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गरिने।
  • सबै प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला स्थापना गरिने।
  • मझौता तथा साना किसानलाई परियोजना अनुसार ऋण उपलब्ध गराउन १ अर्ब विनियोजन।
  • आगामी ५ वर्षमा फलफूल बाली दोब्बर बनाइने।
  • तराईमा सय बिगाहा बढि जमिनमा एकीकृत खेति गर्नेलाई सहुलियत।
  • दूध माछामासु र ताजा तरकारीमा आत्मनिर्भर बन्ने गरी काम गरिने।
  • कबुलियत र सामूहिक खेतिमा प्रोत्साहन गर्न ५० करोड विनियोजन।
  • १३ लाख जेष्ठ नागरिक लाभ हुने गरी सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको छ।
  • ७० वर्ष माथिका जनताको बीमा रकम सरकारले व्यहोर्ने कार्यक्रम निरन्तर।
  • हरेक स्थानीय तहमा जेष्ठ नागरिक केन्द्र खोल्ने निर्णय।
  • योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम। यसको लागि ६४ अर्ब ५० करोड विनियोजित।
  • अपांगता भएका व्यक्तिका लागि रोजगारीको व्यवस्था मिलाइने।
  • बाल संरक्षण अनुदानमा १ अर्ब ६४ करोड विनियोजन। ३ लाख ५० हजार बालबालिका लाभान्वित हुने।
  • युवा स्वरोजगार कोष र राष्ट्रिय युवा परिषद्को संरचना परिवर्तन गरिने।
  • आगामी वर्ष युवा परिचालनको वर्षको रुपमा मनाइने।
  • अतिक्रमित सरकारी जग्गा आगामी वर्ष सरकारीकरण गरिसक्ने
  • आगामी वर्ष युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिने।
  • रोजगार सेवा केन्द्रमा दर्ता भएकाहरुलाई स्थानीय विकास निर्माणमा लगाउनुपर्ने। रोजगारी कार्यक्रमको लागि ५ अर्ब १ करोड।