६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको तलब वृद्धि, कुन तहका कर्मचारीले कती पाउने ?



अ+ अ-

काठमाडौं । सरकारले बजेटमार्फत कर्मचारीको तलवमा १८ देखि २० प्रतिशतसम्म वृद्धि गरेको छ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले हालको तलवमा कर्मचारीको तहअनुसार आधारभु्ूत तलबको १८ देखि २० प्रतिशत वृद्धिको घोषणा गरेका हुन् ।

सरकारले श्रेणीविहीन कार्यालय सहयोगीदेखि राजपत्र अनंकिततर्फका कर्मचारीलाई २० प्रतिशत र राजपत्रांकिततर्फका कर्मचारीको हकमा १८ प्रतिशतले तलव वृद्धि गर्ने घोषणा गरेको हो । यसरी बढेको तलवमान आगामी १ साउनदेखि लागु हुनेछ ।

बढेको तलवअनुसार कार्यालय सहयोगी, खरिदार र नायव सुब्बा तहका कर्मचारीले हालको तलव स्केलमा थप २० प्रतिशत पाउनेछन । शाखा अधिकृतदेखि मुख्यसचिवसम्मका कर्मचारीले हालकोे तलवमा १८ प्रतिशत वृद्धिसहितको तलव पाउनेछन ।

बढेको तलब अनुसार १८ हजार ३ सय ४० तलव र्लिरहेका कार्यालय सहयोगी अर्थात श्रेणीबिहिन कर्मचारीले अर्को आर्थिक बर्षको सुरुवातसँगै २२ हजार ८ रुपैँया तलब बुफ्नेछन । त्यस्तै २२ हजार १ सय ७० तलव लिँदै खाएका खरदारले अव २६ हजार ६ सय ४ रुपैँया र नायव सुव्वाले हाल २३ हजार ५ सय बुझ्दै आएकोमा अब २८ हजार २ सय पाउने राजधानी दैनिकमका समाचार प्रकाशित छ ।