२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच जना विद्यार्थीको हात भाँचिने गरी कुट्ने शिक्षिका विरुद्ध मुद्दा दायर



अ+ अ-

तुलसीपुर । स्कुलमा ढिलो आएको भन्दै निर्मतापूर्वक विद्यार्थी कुट्ने शिक्षिकालाई रोल्पा प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ ।

जिल्लाको रुम्टीगढी गाउँपालिका– ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले ढिलो आएको भन्दै १४ जना विद्यार्थीलाई कुटपिट गरेकी थिइन् । शिक्षिकाको कुटाईबाट पाँच जना विद्यार्थीको हात भाँचिएको थियो ।

इलाका प्रहरी कार्यालय होलेरीबाट गएको प्रहरी टोलीले शिक्षिका पुनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको थियो ।

होलेरीका प्रमुख प्रहरी निरीक्षक मेघनाथ चौलागाईंले विद्यार्थी कुटपिट गर्ने शिक्षिकालाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पठाइएको बताए।

‘पक्राउ परेकी शिक्षिकालाई बिहानको पहिलो गाडीमार्फत् पठाइएको छ। झन्डै ४ घन्टाको यात्रा पछि मात्रै यहाँ वाट जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगिन्छ,’ चौलागाईंले भने।

अभिभावकको जाहेरीको आधारमा शिक्षिका पुनलाई ‘अभ्रद व्यवहार’ सम्बन्धी मुद्दा चलाइएको उनले जानकारी दिए।

अनुशासन कायम राख्न आफूले विद्यार्थीलाई कुटेको शिक्षिका पुनको दाबी छ।

शिक्षिका पुनमाथि १४ विद्यार्थीलाई कुटपिट गरेको आरोप लागेको छ। त्यसमध्ये पाँच जनाको हात भाँचिएको छ।

उपचार खर्च १८ हजार दिने सहमतिमा घटना मिलाएपनि पैसा नदिएपछि घटना सार्वजनिक भएको थियो ।

जेठ १२ गते निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी पुनले निजी स्रोतमा कक्षा १ देखि पाँच सम्म पढाउदै आएकी छिन् ।

भौगोलिक विकटताका कारण होलेरी इप्रका देखि अभिभावकहरुको घर टाढा भएकाले कानुन दिलाउने नामम प्रहरीले बोलाएर सोधपुछ गर्दा झनै पिडाबोध हुने गरेको उनीहरुले बताएका छन् ।