२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा नेपाली कांग्रेसका पार्टी सभापति देउवालाई ‘छेरबहादुर देउवा’ भनेपछि…



अ+ अ-

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद र सत्तारुढदल नेकपाका सांसदविच चर्काचर्की भएको छ ।
आइतवार बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद उमकान्त चौधरीले प्रधानमन्त्रीलाई झूटप्रसाद ओली भनेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘झुटप्रसाद ओली’ भनेपछि नेकपा सांसद झपट रावलले कांग्रेस सभापति शेरबहादुर देउवाको नाम बिगारेर छेरबहादुर देउवा भनेमा के हुन्छ भन्दै प्रश्न तेर्साएका थिए ।

कागं्रेस सांसद चौधरीले प्रधानमन्त्रीको नाम झुट्प्रसाद ओली राख्दासमेत फरक नपर्ने दाबी गरे। जथाभावी कर बढाएर उहाँ करप्रसाद ओली बन्नु भएको छ। उहाँले झुटको खेती गरेकोले उहाँको नाम झुटप्रसाद ओली उपनाम राख्दा केही फरक पर्दैन, उनले भने ।

उनको धारणा सकेपछि सभामुखसँग समय लिएर नेकपा सांसद रावलले नेपाली जनताको प्रतिनिधिले सभ्य भाषा बोल्न नसकेको आरोप लगाउदै सो कुरा उल्लेख गरेका थिए।

उनको प्रश्न थियो, हामीले यस्तो बोल्दा जनताले के सिक्ने ? सम्माननीय प्रधानमन्त्रीको नाम बङ्ग्याएर करप्रसाद झुटप्रसाद राख्नुभयो। प्रतिपक्षी दलको नेताको जो आदरणीय हुनुहुन्छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सट्टा हामीले छेरबहादुर भन्न बाध्य भए के हुन्छ ?

रावलले उक्त भनाई रेकर्डबाट हटाउनसमेत माग गरे। भने, यहाँ प्रयोग हुने भाषा सभ्य हुनुपर्छ। असभ्य भाषा रेकर्डबाट हटाउन माग गर्दछु ।

माननीय सदस्यले उठाउनु भएको विषय गम्भीर भएको भन्दै सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताए ।