७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजनालाई हेरफेर गर्न सकिने सहमति भएपछि कांग्रेसले पोखरा महानगरको ताला खोल्यो



अ+ अ-

पोखरा । पोखरा महानगरपालिका मुलद्वारमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेको तालाबन्दी शुक्रबार खुलेको छ । वडागत रुपमा अत्यावश्यक योजनालाई हेरफेर गर्न सकिने सहमति भएपछि ताला खोलिएको हो ।

वितरणमुखी बजेट ल्याएको भन्दै उनीहरुले बिहीवार महानगरको मुख्य गेटमा ताला लगाएका थिए ।

शुक्रबार महानगर प्रमुख मानबहादुर जिसीले पत्रकार सम्मेलन गरेरै जनप्रतिनिधिलाई अत्यावश्यक योजनामा हेरफेर गर्ने गरि सहमतिमा आउन आग्रह गरेपछि ताला खुलेको हो । सन्चारकर्मीसङ्ग कुराकानी गर्दै मेयर जिसिले बजेटले कसैलाई भेदभाव नगरिएको स्पस्टिकरण दिएका थिए ।

बुधबारको नगरसभा बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । वडा नम्बर ४ का वडाअध्यक्ष शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफा फालेका थिए । नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए ।

रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको जनप्रतिनिधिको आरोप थियो । उनीहरुले आफूहरुको माग सम्बोधन हुनुपर्ने माग राख्दै बिहीबार महानगरको मुलद्वारमा ताला लगाएर दिनभर धर्ना बसेका थिए ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।