७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझाद्वारा पाँच सय विद्युतीय कार्ड बिक्री



अ+ अ-

काठमाडौं । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ ।

नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा पु¥याउन यो सेवा शुरु गरिएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार संस्थाले अहिले सबै बसहरुमा ‘ई–टिकेटिङ’ सेवा लागू गरिसकेको छ ।

यात्रुले बसमा कार्यरत सहचालक वा साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट कार्ड खरीद गर्न सक्छन् । नयाँ कार्ड खरीद गर्दा त्यसमा यात्रुले पूरै रकम पाउने उनले बताए । उनले भने, ‘रु २०० को कार्ड किन्दा यात्रुले रु २०० नै पाउनुहुन्छ ।’

कार्डको प्रयोग गर्दा यात्रुसँग सहचालकलाई दिने जति ठिक्क छ छैन वा बसले बढी भाडा लिन्छ भन्ने चिन्ता नहुने साझाले जनाएको छ । यात्रुहरु आकर्षित भइरहे पनि अरू बसले पनि यो सेवा शुरु गरेपछि नै यसको प्रयोग व्यापक बन्दै जाने पाण्डेयले बताए ।

नियमित रुपमा बसमा यात्रा गर्ने कर्मचारी, विद्यार्थीलगायतलाई यो सेवाले फाइदा पु¥याइरहेको उनले बताए । उनले भने, ‘यात्रुले यसबारेमा बुझ्दै जाँदा प्रयोग बढ्दै जाने विश्वास छ ।’

नेपालमा सार्वजनिक यातायातमा नयाँनयाँ प्रविधि भित्र्याइरहेको साझा यातायातको अहिले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर चल्ने गरेर ७१ बस सञ्चालनमा छन् । साझाका एउटा ‘लो फ्लोर’ बससमेत सञ्चालनमा छ । साझाले स्थानीय सरकारसँगको सहकार्य बढाउँदै जाँदा उपत्यकाका धेरै पालिकाले साझाको शेयर खरीद गरिरहेका छन् ।