७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनामङ्गलमा दुर्घटना: १७ यात्रु घाइते, दुईको अवस्था गम्भीर



अ+ अ-

काठमाडौं । काठमाडौंको सिनामङ्गलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । आज बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिनुभयो । घाइतेको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।