७ आश्विन २०८१, सोमबार
,
Latest
गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव सांसदहरु नआएपछि सोमवारको संसदीय सुनुवाई समितिको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै बुवाको मृत्यु दर्ता बनाइ सरकारबाट १ अर्व ८ करोड क्षतिपूर्ति भराउन खोज्ने पक्राउ



अ+ अ-

काठमाडौं । सरकारी छाप, लेटरप्याड र दस्तखत कीर्ते गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलीखेल बस्ने बारा निजगढका ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजनकुमार थापा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई सोमबार काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा लक्ष्मी अधिकारीको बुवाको मृत्यु नेपाल सरकारको कारणले भएको भनी प्रमाणित गरिएको कागजसमेत बरामद भएको छ । उक्त पत्रमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीको कीर्ते हस्ताक्षर छ ।

उक्त कागजमा क्षतिपूर्ति स्वरुप १ अर्ब ८ करोड ७६ लाख दिने निर्णय गरिएको छ ।साथै प्रहरीले १३ थान बैंकको चेक, विभिन्न व्यक्तिहरुको राहदानी तथा नगद ४२ हजार २१० रुपैयाँसमेत बरामद गरेको जानकारी दिएको छ । यसबारे थप अनुसन्धान जारी छ ।