७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दीपक मनाङे’ नेकपामा प्रवेश, गण्डकीमा दुईतिहाई



अ+ अ-

पोखरा । दीपक मनाङेका नामबाट चर्चित गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ बिहीबार नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले राजीवलाई स्वागत गरे ।

स्वतन्त्र सांसद राजीवको प्रवेशसँगै गण्डकी प्रदेश सभामा नेकपाको दुईतिहाई बहुमत पुगेको छ । ६० सदस्यीय प्रदेशसभामा अब नेकपाको संख्या ४० पुगेको छ ।हाल प्रदेशसभामा नेकपाका ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एकजनाको निधन), समाजवादी पार्टी (नयाँ शक्ति) २ र स्वतन्त्र सांसद १ जना छन् । ६० सांसद रहेको गण्डकी प्रदेश सभामा नेकपाको अब ४० सांसद भएका छन् ।

मनाङ प्रदेश सभा ख तत्कालीन एमालेको भागमा परेको थियो । अन्तिममा आएर उम्मेदवारी फिर्ता लिँदै राजीवलाई नै एमालेले समर्थन गरेपछि उनी स्वतन्त्र सांसदको रुपमा निर्वाचित भए ।

तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएनन् । उनी ८ महिना जेल बसे । पछिल्लो मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा दिएको छ । त्यही सुविधा प्रयोग गर्दै राजीव थुनामुक्त भएपछि गत मंसिर १२ गते बिहीबार प्रदेश सभा सचिवालयमा सपथको लागि निवेदन दिएका थिए ।

त्यसको एक महिनापछि बल्ल सभामुख नेत्रनाथ अधिकारीले गुरुङले उनलाई सपथ खुवाएका थिए ।

मनाङे प्रदेशको अर्थ तथा विकास समितिको सदस्य समेत हुन्। यस अघि पनि उनी प्रदेश सभामा सरकारको समर्थन गर्दै सत्ता पक्षकै लाइनमा बस्दै आएका थिए।