१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुम्रपानले हरेक दिन १७ अष्ट्रेलियालीको मृत्यु



अ+ अ-

क्यानबेरा । अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ ।

अष्टे«लियाली नेसनल युनिभर्सीर्टी (एएनयु) ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ । उनीहरुका अनुसार धुम्रपानका कारण रक्तबाहिनी नलीसम्वन्धी समस्या तथा हृदयघातका कारण मृत्यु हुने गरेको उक्त अनुसन्धान प्रतिवेदनमा देखाइएको छ ।

यस विश्वविद्यालय अन्तर्गतको जनस्वास्थ्य तथा इपिडिमियोलोजी केन्द्रका एमिली ब्याङ्कस नेतृत्वको टोलीले सात वर्ष लगाएर अनुसन्धान गरेको हो । अध्ययन टोलीले धुम्रपान गर्ने एक लाख ९० हजार अष्ट्रेलियालीमा अनुसन्धान गर्दा धुम्रपान नगर्नेको भन्दा ३६ प्रकारका फरक रोगहरु देखिएको जनाएको छ ।

हरेक वर्ष रक्तबाहिनी सम्वन्धी समस्याका कारण मृत्यु हुनेको संख्या भन्दा छ हजार चार सय बढीको मृत्यु धुम्रपानका कारण हुने गरेको अध्ययनले देखाएको छ ।अध्ययनका क्रममा मुटुसम्वन्धी विभिन्न रोग, चोटपटकलगायतका कारणले मृत्यु हुनेका बारेमा पनि अध्ययन गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।

अष्ट्रेलियामा अहिले धुम्रपान गर्ने व्यक्तिको संख्या कुल २७ लाख रहेको अध्ययन टोलीका प्रमुख ब्याङ्कसले बताउनु भयो । उनीहरुमध्ये अधिकांशले प्रत्येक दिन कम्तीमा पाँच ओटा चुरोट पिउने गरेका पनि सो अनुसन्धानमा बताएका छन् ।




भर्खरै