१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा डुङ्गा दुर्घटना कम्तीमा चारको मृत्यु



अ+ अ-

पेसावर । उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् ।

भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका संलग्न अधिकारीहरुले जानकारी दिएका छन् । खैबर पाख्तुनख्वा प्रान्तमा रहेको इनडुस नदीमा शाङगलाबाट हारीपुरबाट गइरहेको डुङ्गा बुधबार दुर्घटना भएको थियो ।

यस डुङ्गामा ३८ व्यक्ति सवार रहेका र ती मध्य १३ जनाले भने पौडी खेलेर ज्यान बचाएका स्थानीय प्रहरी अधिकारी जाहिद उल्लाहले एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ ।

दुई महिला र दुई बालबालिकाको शव नदीबाट निकालेको जाहिदले बताउनु भएको छ । उद्धारकार्य अझै पनि जारी रहेको तर जिवीतै उद्धार गर्ने सम्भावना अत्यन्त कम रहेको पनि जाहिदले बताउनु भएको छ ।




भर्खरै