७ आश्विन २०८१, सोमबार
,
Latest
अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीयः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा डुङ्गा दुर्घटना कम्तीमा चारको मृत्यु



अ+ अ-

पेसावर । उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् ।

भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका संलग्न अधिकारीहरुले जानकारी दिएका छन् । खैबर पाख्तुनख्वा प्रान्तमा रहेको इनडुस नदीमा शाङगलाबाट हारीपुरबाट गइरहेको डुङ्गा बुधबार दुर्घटना भएको थियो ।

यस डुङ्गामा ३८ व्यक्ति सवार रहेका र ती मध्य १३ जनाले भने पौडी खेलेर ज्यान बचाएका स्थानीय प्रहरी अधिकारी जाहिद उल्लाहले एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ ।

दुई महिला र दुई बालबालिकाको शव नदीबाट निकालेको जाहिदले बताउनु भएको छ । उद्धारकार्य अझै पनि जारी रहेको तर जिवीतै उद्धार गर्ने सम्भावना अत्यन्त कम रहेको पनि जाहिदले बताउनु भएको छ ।