७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीका १३ इन्सपेक्टरको काज सरुवा, को कहाँ ?



अ+ अ-

काठमाडौं । प्रहरीका १३ इन्सपेक्टरको काज सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा इन्सपेक्टर सन्तोषकुमार दाहाल आएका छन् । यसअघि बसपार्कमा रहेका मोहनबिक्रम केसी सामाखुसीस्थित पहरा गणमा पुगेका छन् ।

वडा प्रहरी कार्यालय नेपालगञ्जमा हरि बहादुर बस्नेतको सरुवा भएको छ ।पर्साको वडा प्रहरी कार्यालय बिर्तामा निर्मल पनेरु, सर्लाहिको ईलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा पविन्द्र बहादुर बमको सरुवा भएको छ ।

यस्तै कपिलवस्तु ट्राफिक प्रमुखमा टक्कर स्वाँर काज सरुवा भएका छन् ।कल्याण महाशाखामा इन्स्पेक्टर बासुदेव नेपाल लगायत १८ जनाको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।