१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हन्डुरसमा डुङ्गा दुर्घटना, २७ जनाको मृत्यु, नौ वेपत्ता



अ+ अ-

तेगुसिगाल्पा । हन्डुरसको मस्कुइटो तटीय क्षेत्रमा बुधबार माछा मार्ने एक डुङ्गा दुर्घटनामा परी नौ माझी वेपत्ता भएका छन् ।

यस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भइसेकेको छ । माछा मार्नको लागि प्रायोग हुदै अएको यस डुङ्गामा ९१ जना यात्रु सवार रहेका ती मध्ये ५५ जनालाई उद्धारकर्ताहरुले जिवितै उद्धार गर्न सफल भएका छन् ।

सो दुर्घटनामा हराइरहेका ती व्यक्तिहरुको खोजी कार्य जारी रहेको उद्धारकार्यमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन् ।

दुर्घटना भएको यस डुङ्गाको ३१ जना यात्रु बोक्ने मात्र क्षमता रहेकामा ९१ जना यात्रु सवार रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जानकारी दिएको छ ।