१९ भाद्र २०८३, शुक्रबार
,
Latest
दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा विज्ञापन विवाद : आयोगलाई दिएको निर्देशनमा गल्ती भएको स्वीकार गर्न सांसदको माग



अ+ अ-

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य विजय सुब्बाले स्थानीय तहको कर्मचारी भर्नासम्बन्धि लोक सेवा आयोगलाई दिइएको निर्देशनमा गल्ती गरिएछ भनेर स्वीकार गर्न सभापति शशी श्रेष्ठसँग माग गरेका छन् ।

समितिको शुक्रबारको बैठकमा सत्तारुढ नेकपाका सांसद सुब्बाले ‘लोकसेवा आयोग ऐनमा के छ? समावेशी सिटहरु कहाँ छन् । थाहा पाएपछि बोल्नुपर्ने । अब मागौं । थाहा पाउँ । अनि गल्ती गरिएछ भनेर समीक्षा गरौं’, सांसद सुब्बाले भनेका छन् ।

त्यसअघि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले समितिको निर्देशन, लोकसेवा आयोगको विज्ञापन र सञ्चारमाध्यममा आएको समाचार मेल नखाएको बताएका थिए । ‘हालसम्म आयोगले कति कर्मचारीलाई बढुवा ग¥यो ? भन्ने जानकारी नभएका कारण पनि लोक सेवा आयोगबारे जनतामा गलत सूचना गएको र त्यसलाई सच्याउन जरुरी रहेको छ,’ उनको भनाई थियो ।

सांसद बडुले लोक सेवा आयोगले खुलाएको विज्ञापन समावेशी भए/नभएको पुनः आयोगसँग बुझ्नुपर्ने पनि बताए । बैठकमा समितिका सभापति शशी श्रेष्ठले पनि सो सम्बन्धमा लोक सेवा आयोगसँग पुनः छलफल गर्ने बताएका थिए ।