१९ भाद्र २०८३, शुक्रबार
,
Latest
दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ३ का मुख्यमन्त्री पौडेल र गान्सुका गभर्नर रेन्जियनबीच भेटवार्ता



अ+ अ-

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियनब्चि भेटवार्ता भएको छ ।

गभर्नर रेन्जियनको निमन्त्रणमा ५ दिने चीन भ्रमणका क्रममा गान्सु प्रान्त पुगेका मुख्यमन्त्री पौडेल र गभर्नर दुई प्रदेशको बीचविभिन्न विषयमा सहकार्य गर्ने बिषयमा कुराकानी भएको छ ।

भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले चीनको विकासबाट नेपाल प्रभावित भएको भन्दै चीनका प्रविधिहरु नेपालमा पनि प्रयोग गर्न आग्रह गरे । उनले चीन र नेपालबीच पनि धेरै समानता रहेकोले कृषि, पर्यटन, औद्योगिक विकासमा पनि नेपाललाई सँगै लैजान लगानी भित्र्याउन ३ नम्बर प्रदेश तयार रहेको धारणा राखे ।

यसैगरी आधुनिक कृषि प्रणाली, औद्योगिक पार्कको विषयको छलफल पनि सकारात्मक रहेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । देश ३ ले लिएको विद्युतीय सवारी प्राथमिकताको बिषयमा पनि गान्सु प्रान्तले चासो देखाएको छ । चीनको गान्सुमा पनि ९० प्रतिशत सवारीसाधन विद्युतीय रहेको बताउँदै गभर्नर रेन्जियनले नेपालको ३ नम्बर प्रदेशमापनि १० वर्षभित्र लागू गर्न सकिने बताए ।

छलफलका क्रममा गभर्नर रेन्जियाङले ३ नम्बर प्रदेशमा लगानीसहित सर्बप्रथम आधुनिक कृषि प्रणालीमा सहयोग गर्ने र अन्य क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता गरेको स्वकीय सचिव पौडेलले जानकारी दिए ।