१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०० घुसको बदलामा ५५ हजार घुस !



अ+ अ-

काठमाडौं । घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंह र सुनिल न्यौपानेविरुद्ध मुद्दा हालेको छ ।

दाङ जिल्ला, घोराही उप–महानगरपालिका उखुवारी सडकखण्डमा चेकिङ ड्युउटीमा खटिएका प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंहले चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालकको साथमा कागजात नभएकाले जरिवानाबापत रसिद काट्न खोज्दा सुनिल न्यौपानेलसँग २ सय रूपैयाँ घुस लिएको आरोप छ ।

अख्तियारका अनुसार चेकजाँचमका क्रममा मोटरसाइकल चालकसँग कागजात नभएको भेटिएपछि सिंहले रसिद काट्न खोजेका थिए । तर न्यौपानेलेले दुई सय रूपैयाँ दिएर मिलाए ।

केही समयपछि सुनिल न्यौपानेले आफू पत्रकार भएकोले घुस लिएको भिडियो बनाइसकेको र पत्रपत्रिकामा प्रकाशन हुन्छ र नोकरीमा समेत असर पर्ने सम्मको डर देखाई प्रकाशन प्रसारण नगराउनको लागि भनी एक लाख रूपैयाँ मागेर बार्गेनिङ गरेपछी ५५ हजारमा सिंहले नगद पाँच हजार र ५० हजारको चेक न्यौपानेलाई दिएका थिए । पछि नगद ५० हजार दिएर चेक फिर्ता लिएका थिए ।

चेक र नगद ५५ हजारसहित सुनिल न्यौपानेलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार न्यौपानेले आफू पत्रकार हुँ भने पनि भए नभएको खुलेको छैन ।