काठमाडौं । २०७२ साल सम्झाउने गरी राजधानीमा भूकम्पको ठुलो धक्का महसुस भएको हो । अपरान्ह ४ बजेर १५ मिनेटको समयमा धक्का महसुस भएको हो ।
अविरल बर्षासंगै राजधानीमा ठुलो धक्का महसुस भएपछि स्थानीय त्रसित भएका हुन् । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।
उनले सो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताए ।