१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् चुहिएर एकको मृत्यु



अ+ अ-

काठमाडौं । विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गए राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने विद्युत् चुहिएरै मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते भएका छन् । दुवै नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक रहेको बताइएको छ ।

गए राति साँझ ८ बजेतिर कमल गाउँपालिका–५ स्थित कावेली करिडोर पावरहाउसको सवस्टेशन अगाडि राजमार्गको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक विद्युत् चुहिँदा दुवै घाइते भएका र खतिवडाको भने दमकस्थित लाइफलाइन अस्पतालमा ल्याउना साथ मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताउनुभयो । घाइते बुढालाई थप उपचारका लागि भारतको सिलगुढी लगिएको छ । घटनाको विस्तृत विवरण खुल्न सकेको छैन भने प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरिरहेको जनाएको छ ।