२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपाको महाधिवेशन प्रक्रिया रोकियो, समाजवादीसँगको वार्ता अलमलमै



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)को महाधिवेशन प्रक्रिया रोकिएको छ । दोस्रोपटक तोकिएको महाधिवेशनको मिति नजिकिँदै गर्दा सदस्यताको ठेली केन्द्रमा ल्याउने, महाधिवेशन गर्नका लागि विभिन्न समिति गठन गर्ने, महाधिवेशनमा पेस गर्नका लागि विधानलाई अन्तिम रूप दिनुपर्नेलगायत सबै काम ठप्प छन् ।

सदस्यताको ठेली जेठभित्र केन्द्रीय कार्यालयमा पुर्‍याउन राजपाले जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । तर, अहिलेसम्म कुनै जिल्लाको सदस्यताको ठेली केन्द्रमा नपुगेको महासचिव केशव झाले बताए ।

‘असारमा आर्थिक वर्षको अन्तिम महिना भएकाले विकास निर्माणका योजना सक्न नेता र जनप्रतिनिधि लागेकाले सदस्यताको ठेली संकलन गर्ने कार्य रोकिएको बताउँदै महासचिव झाले भने, ‘साउनको पहिलो–दोस्रो साताबाट संकलन सुरु होला ।’ नौपटकसम्म म्याद थपेर साधारण तथा सक्रिय सदस्यता वितरण र नवीकरण प्रक्रिया १५ जेठमा समापन गरेको थियो ।

आगामी कात्तिक २८–३० मा महाधिवेशनको मिति तोकेको राजपाले महाधिवेशन सम्पन्न गर्नका लागि नेता महन्थ ठाकुरको संयोजकत्वमा मूल आयोजक समिति बनाएको छ । समतिमा केन्द्रीय कार्यसमितिका सबै सदस्य रहने निर्णय अध्यक्ष मण्डलको बैठकले गरेको छ । ठाकुरकै संयोजकत्वमा पदाधिकारी समितिका सदस्य रहने गरी महाधिवेशन तयारी समिति बनाइएको छ । अन्य कुनै समिति बनेका छैनन् । यी समितिले पनि महाधिवेशनसम्बन्धी कुनै तयारी नगरेको राजपा नेता बताउँछन् ।

राजपा विधानमा दुई वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख थियो । असारमा दुई वर्ष पुगेको छ । पदाधिकारी समितिले त्यसलाई तीन वर्ष बनाएर कात्तिकमा महाधिवेशन गर्ने तय गरेको छ । यसअघि राजपाले ७–९ वैशाखमा महाधिवेशन गर्ने तय गरेको थियो । अध्यक्षमण्डलका संयोजक अनिल झाले योपटक महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गरे ।

‘ढुक्क हुनुस्, कात्तिक २८–३० मा महाधिवेशन हुन्छ । हामी तयारी गरिरहेका छौँ,’ संयोजक झाले नयाँ पत्रिकासँग भने ‘असार मसान्त लागेकाले केही दिन तयारीमा अलिकति ढिलाइ भएको मात्रै हो ।’ महाधिवेशनमा पेस गर्ने विधानको मस्यौदालाई पनि राजपाले अन्तिम रूप दिन सकेको छैन ।
अध्यक्षमण्डलले विधानको मस्यौदा केन्द्रीय समितिबाट अन्तिम रूप दिने भन्दै केन्द्रीय समिति बोलाउने निर्णय गरेको थियो । तर, कहिले बोलाउने र बैठक कहाँ बस्ने भन्ने पनि निक्र्योल भएको छैन ।

‘विधानको मस्यौदा फाइनल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय अध्यक्षमण्डलले गरेको थियो । तर, कहिले बोलाउने र कहाँ बैठक बस्ने भन्ने विषय अहिलेसम्म केही टुंगिएको छैन’ महासचिव झाले भने । केन्द्रीय समिति आठ सय १५ सदस्यीय भएकाले पार्टी कार्यालयमा बैठक बस्न सक्ने अवस्था छैन ।

समाजवादीसँगको वार्ता अलमलमै
राजेन्द्र महतो

समाजवादी पार्टीसँग एकता गर्ने विषय पनि अलमलमै रहेको छ । राजपाले पार्टी एकीकरणका लागि गठन गरेको वार्ता समितिका संयोजक अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले अनौपचारिक कुराकानी चले पनि समाजवादी पार्टीसँग एकीकरणका विषयमा ठोस प्रगति नभएको बताए । एकताका लागि महाधिवेशनको तयारीमा ढिलाइ भएको पनि चर्चा छ । वार्ता समितिका संयोजक महतोले वार्ता प्रक्रिया नै गम्भीर रूपमा अघि नबढेको बताए । ‘बाहिर बजारमा आएको हल्लाजस्तो एकीकरणको विषयमा गम्भीर वार्ता भएको छैन,’ महतोले भने ‘केहीपटक अनौपचारिक मात्रै बसेका हौँ । यस्तो कुराकानीले महाधिवेशनको प्रक्रिया स्थगित गर्ने कुरै हुँदैन ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।