१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भतिजद्वारा दाउरा प्रहार गरी आफ्नै काकाको हत्या



अ+ अ-

जाजरकोट । मदिरा सेवनगरी आफ्नै भतिजले दाउरा प्रहार गरी काकाको हत्या गरेका छन् । भेरी नगरपालिका–१३ कुदुमा भतिजाले दाउरो प्रहार गरी काकाको हत्या गरेका हुन् ।

मंगलबार बिहान स्थानीय गीता सुनारको घरमा ३५ वर्षीय मानबहादुर सुनारले ४५ वर्षीय आफ्नै काका मोहन विकलाई दाउरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

गीताको घरमा उनका आफन्तले ल्याएको कोसेली खाना भाई, छोरा जम्मा भएको समयमा विवाद हुँदा दाउरा प्रहार भएको प्रहरीको भनाइ छ।