१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानको जाली फुट्नु त के एक थप्पड समेत हानेको छैन : छविराज



अ+ अ-

काठमाडौं । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । निर्माता ओझाले प्रहरीसमक्ष शान्ति सुरक्षामा कुनै पनि आँच आउने कुरा नगर्ने प्रतिबद्धता जनाएपछि दुवैबीच सहमति भएको प्रहरीले जनाएको छ ।

शिल्पाले दिएको निवेदनका आधारमा छविलाई छलफलका लागि परिसरमा बोलाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । उनीहरुलाई बिहान १० बजे छलफलका लागि प्रहरी परिसरमा बोलाइएको थियो ।

अभिनेत्री शिल्पा पोखरेलले ओझाविरुद्ध घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौले उनलाई बोलाएको थियो । छबिले शिल्पा कसैको निर्देशनमा आफूविरुद्ध लागेको आरोप लगाएका छन् । ‘मेरो चरित्र पूरै चलचित्रकर्मी र चलचित्र उद्योगलाई थाहा छ । कानको जाली फुट्नु त के एक थप्पड समेत हानेको छैन’, उनले भने ।

ओझाले आफूले कुनै हिंसा नगरेको दाबी गरे । ‘हाम्रो ७३ सालमा बिहे भएको थियो र ६ महिना अघिमात्र बिहे दर्ता भएको थियो’ ओझाले भने, ‘ सामान्य विवादमा गत असार ८ गतेदेखि घरबाट निस्केर हिँडेकी थिइन् । अहिले उजुरी गरेको कुराले अचम्म लागेको छ ।’

पोखरेल ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । ओझा र पोखरेलले २०७३ सालको दशैंमा काठमाडौंको गोकर्ण रिसोर्टमा सुटुक्क लगनगाँठो कसेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।

तर, पोखरेल र ओझाको सम्बन्ध पछिल्लो केही समयदेखि विग्रिएको थियो । शिल्पामाथि ओझाले कामदेखि अन्य कुरामा समेत हस्तक्षेप गरेको वुझिएको छ । ओझाले पोखरेललाई आफू निर्मित चलचित्र ‘लज्जा’बाट यो क्षेत्रमा भित्राएका थिए । यही चलचित्रको प्रचारका क्रममा पोखरेलले आफूलाई ओझा मन पर्ने बताएका थिए ।

पोखरेलले ओझाको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।पोखरेलसँग बिबाह गर्नुअघि ओझाका तीन जनासँग बिबाह भइसकेको थियो । रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन् ।