८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी सहयाेगमा निर्मित प्रसूति गृहको मूल भवन पुनःनिर्माण सम्पन्न, सेवा शुरू



अ+ अ-


काठमाडौँः भूकम्पले क्षतिग्रस्त परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको मूल भवन जापानी सहयाेगमा पुनःनिर्माण सम्पन्न भएको छ ।
नवनिर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गर्नुभयो ।
“नेपालमा पहिलोपटक प्रसुति सेवाको विशिष्ट सेवा दिन निर्माण गरिएको अस्पताल ४० शथ्याबाट हाल ४०० भन्दा बढी शथ्यामा पुगेको छ, यसको अझ स्तरोन्नति हुनुपर्छ, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ” प्रधानमन्त्री अाेलीले भन्नुभयो ।

उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्रप्रसाद यादवले प्रसूति अस्पताललाई पनि स्वास्थ्य क्षेत्रको खोज अनुसन्धान केन्द्रका रुपमा विकास गर्न लागिएको बताउनुभयाे ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले एक हजार ९२८ स्वास्थ्य संस्थामा क्षति पुगेकामा ६९२ संस्था पुनर्निर्माणका लागि दातृ एवं गैर सरकारी निकायको सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।
“भूकम्पले क्षति भएका स्वास्थ्य संस्थामध्ये ५४ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ, एक हजार १९७ स्वास्थ्य संस्था बन्न बाँकी छ, प्राधिकरणको बाँकी १८ महीने अवधिमा सबै पुनःनिर्माण सम्पन्न हुनेछ”–उहाँले भन्नुभयो ।
नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गुणस्तरीय सेवा उपलब्ध गराउन नयाँ भवन निर्माण र उपकरणकाे व्यवस्थाले ठूलाे सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधि, अस्पतालका निर्देशक डा जागेश्वर गौतम लगायतले आधुनिक उपकरण सहितको भवनबाट गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
विसं २०१६ भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीका अवसरमा तत्कालीन स्व युवराज्ञी इन्द्रराज्य लक्ष्मी देवी शाहको सम्झनामा अस्पताल स्थापना भएको थियो । ४० शथ्याबाट शुरु भएको अस्पताल भूकम्प जानु अघिसम्म ४१५ शथ्यामा सञ्चालन भइरहेको थियो । २०७२ वैशाख १२ गतेको भूकम्पपछि मूल भवनमा क्षति पुगेपछि मुस्किलले ३०० शथ्यासम्म चलाइएको थियो ।
तीन तलाको पाँच हजार ४१५ वर्गमिटर क्षेत्रफलमा फैलिएको भवनको भुइँ तलामा आकस्मिक सेवा, तीन वटा शल्यक्रिया कक्ष सहित प्रसुति सेवा रहने जनाइएको छ । भवनको पहिलो तलामा एकैपटक १० जनाको प्रसुति गराउन सकिने कक्ष, पर्याप्त कक्षा कोठा, सम्मेलन कक्ष, पुस्तकालय र प्राध्यापक कक्षको समेत व्यवस्था गरिएको छ ।


अस्पतालमा हाल नर्सिङमा स्नातक तहको अध्यापन भइरहेको छ भने दश जोड दुई तहको अध्यापन गराउन पूर्वाधार लगायत तयारी भइरहेको जनाइएको छ ।
अस्पतालले गत वर्ष २० हजार महिलाको प्रसुति गराएकामा यस वर्ष त्यो सङ्ख्या २३ हजार पुगिसकेको निर्देशक गौतमले सुनाउनुभयो । अत्याधुनिक भवन निर्माण भएसँगै वार्षिक ३० हजारसम्मको प्रसुति सेवा दिन सकिने अस्पतालले जनाएको छ । अस्पताल निर्माण, डिजाइन, सुपरिवेक्षण, परामर्श सेवा, फर्निचर, मेडिकल उपकरणका लागि रु दुई अर्ब ३६ करोड खर्च भएको थियो ।
यस आयोजना अन्तर्गत वीर अस्पतालमा समेत एउटा भवन निर्माण भयो । भवनको आजै उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री यादवले उद्घाटन गर्नुभयो ।