१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडित घर फर्कन थालेः बन्दोबस्ती सामग्रीको पिरलो



अ+ अ-


विराटनगर । लगातारको वर्षाले आएको बाढीका कारण विस्थापित भएकाहरु विस्तारैै घर फर्किन थालेका छन् । विगत दुई दिनदेखि वर्षा हुन छाडेको र बाढीको पानी घटेपछि विराटनगर महानगरपालिकाका बाढीपीडितमध्ये अधिकांशले आफ्नो घर फर्कन थालेका हुन् ।

बाढीका कारण विराटनगर महानगरपालिकाको १९ वटा वडा आंशिकरुपमा डुबानमा परेको थियो भने वडा नं १, ६, ७, ८, ११, १२, १५, १६, १८ र १९ सबैभन्दा धेरै डुबानमा परेको थियो । विराटनगर सीमा भएर बग्ने केशलिया र सिङ्घिया नदी तथा वर्षाको पानीको उचित निकास नहुँदा ती बस्तीमा पानी पसेपछी डुबानमा परेको थियो । बाढीले नगर क्षेत्रका पाँच हजारभन्दा बढी प्रभावित भएका थिए । पानी जमेका कारण विस्थापित बनेका केही पानी घटेपछि घर फर्के पनि खोलाको भङ्गालो पसेर घर भत्काइदिएका धेरै सर्वसाधारण अझै पनि नजिकका विद्यालयमा आश्रित छन् ।

बाढीबाट विस्थापित विराटनगर– १२ का ६० परिवार घर फर्किसकेका छन् भने २५ परिवार घर फर्कन अझै बाँकी रहेको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिनुभयो । बाढीबाट विस्थापित भएकालाई स्थानीय श्री बखरी आधारभूत विद्यालयमा आश्रित लिएका छन् । उनीहरुलाई त्यही खानपानको व्यवस्था मिलाइएको छ ।

महानगर–१२ का सोमनी ऋषिदेवको घर पनि डुबानमा परेकोले बखरी आधारभूत विद्यालयमा आफ्नो परिवारसहित बसेको छ । अब घर कहिले फर्कन भन्ने सोचमा उहाँ हुनुहुन्छ । उनको कच्चीघरको अधिकांश भाग भत्केकाले घरमा भएका खाद्यान्न, लत्ताकपडा काम नलाग्ने हुनुका साथै घरहरु मर्मत बिना बस्न लायक नभएको उहाँको गुनासो छ ।

यस्तै सोही स्थानका सुकुना ऋषिदेवले आफ्नो घर भनेको आफ्नै हो भन्दै बाढीले सबै सामान काम नलाग्ने र छोराछोरीको किताबकपी पनि काम नलाग्ने अवस्थामा पुगेको बताउनुभयो । सबै सामान नयाँ लिनुपर्छ तर त्यसका लागि आफूसँग रकम नभएको भनी उहाँले दःुख व्यक्त गर्नुभयो ।

उनीहरु जस्तै धेरैले अहिले पनि विद्यालयमा आश्रय लिएर बसिरहेका छन् भने उनीहरुलाई महानगरले नै खाना र स्वास्थ्य उपचारकोे व्यवस्था मिलाएको छ । विगत दुई दिनदेखि मौसममा आएको सुधारले केही दिनभित्र सबैपीडित परिवार आफ्नो घर फर्कने महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगर वडा नं १, २, ४, ७, ८, १२, १५, १९ कटहरी गाउँपालिकाको वडा नं १, २ र ४ मा पीडितलाई २०० थान त्रिपाल वितरण गरेका कार्यालयका प्रमुख कुमारप्रसाद निरौलाले बताउनुभयो ।