काठमाडौं ।नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान भइरहेको छ । मतदान गर्ने ठाँउमा मोवाईल लैजान नपाईने भन्दै निर्बाचन समितिले आचार संहिता जारी गरेको थियो । तर मतदाताहरुले आचारसंहिता पालना गरेका छैनन् ।
गोप्य मतदान भनिए पनि कतिपय मतदाताले मोबाइल फोन बाट आफूले गरेको मतदानको तस्बीर लिएर सार्वजनिक गरेका छन् ।