१२ आश्विन २०८१, शनिबार
,
Latest
कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा फेरि किचलो, अड्कियो १४ एजेन्डाको बैठक



अ+ अ-

काठमाडौं । लामो किचलोपछि विभिन्न १४ एजेन्डा तय गर्दै सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक नियमावली मस्यौदाका केही विषयमा नै अड्किएको छ ।
२२ असारबाट सुरु केन्द्रीय समिति बैठकमा नियमावली मस्यौदा समितिले बनाएको मस्यौदाको विषयलाई लिएर फेरि किचलो सुरु भएको हो ।

नियमावलीमा राखिएका कतिपय प्रावधानलाई कांग्रेसभित्रको संस्थापन पक्षबाहेक इतर पक्षले रुचाएका छैनन् । यसकारण, केन्द्रीय समिति बैठकमा नियमावलीलाई अन्तिम रूप नदिईकनै थप छलफलपछि टुंगो लगाउने भन्दै थन्काइएको छ ।

नियमावलीमा समावेश पार्टीका सक्रिय सदस्यबाट लिइने लेबीका विषय, पार्टीको नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको विषय, अनुशासनको नीति तथा भ्रातृ संगठनसहितका केही विषयमा कांग्रेसभित्र संस्थापन र इतर समूहबीच मतभेद देखिएको हो ।

संस्थापन पक्ष भने मस्यौदा समितिले तयार गरेकै विषयलाई यथावत् राख्नुपर्ने पक्षमा छ भने इतर पक्ष सहमतिबाट त्यसलाई फेरबदल गर्नुपर्ने अडानमा छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नियमावलीमा विधानले नदिएका कुरालाई पनि जबर्जस्ती राखिएको बताए । उनले नियमावलीका नाममा लेबीका विषय र भ्रातृ संगठनमाथि ठाडो हस्तक्षेप गर्ने विषय ल्याएर पार्टीले हरेक क्षेत्रमा आफ्नो दबाब देखाउन खोजेको जनाए ।

‘नियमावलीका नाममा पार्टी विधानले दिँदै नदिएका विषयलाई पनि ल्याइयो । लेबीको विषय र भ्रातृ संगठनमाथि ठाडो हस्तक्षेप गर्ने नियतका विषय आएका छन् । यी स्वीकार्न सकिने विषय होइनन्,’ वरिष्ठ नेता पौडेलले भने ।

उनले पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानकै निर्देशनमा समेत जिल्ला जिल्लामा समिति बनाउन सक्ने गरी नियमावलीमा व्यवस्था राखिएकोप्रति समेत आपत्ति जनाए ।

‘जिल्लामा पनि केन्द्रकै नीति तथा प्रशिक्षण प्रतिष्ठानले नै भने जसरी प्रशिक्षण प्रतिष्ठान बनाउनुपर्ने बन्धन राखियो । यो ठीक होइन,’ पौडेलले थपेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।