काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतदान भइरहेको राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतपत्र सकिएपछि मतदान रोकिएको छ ।
मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका हुन् ।
यसअघि पनि राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको थियो ।
यसअघि बाँडिएको मतपत्र सकिएको र प्रेसबाट छापिएर आएको नयाँ मतपत्रलाई आधिकारिकता दिने काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।
यसअघि बाँडिएको तीन हजार मतपत्र सकिएको र भर्खरै छापिएर आएको १७ सय मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर गरेर बाँड्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।
यसैबीच मतपत्र सकिएर मतदान गर्न नपाएपछि महाधिवेशन प्रतिनिधिले नाराबाजी समेत गरेका छन् ।