८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव जातिको भविष्य समाजवादमा मात्रै हुन्छ: प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको बताएका छन् । केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातीको कल्याण गर्नै नसक्ने उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले भने, ‘अहिले पनि संसारमा धनी र गरिबीचको खाडल झन् फराकिलो भएको छ । गरिबीको दुष्चक्रमा अरबौं मानिसहरुले अहिले पनि पिल्सिएकै छन् । यो परिस्थितिमा मानव जातीको भविष्य समाजवादमा मात्रै छ ।’

यता प्रचण्डले नरबहादुर कर्माचार्यको घरमा बसेर जनयुद्धको सुरुवात गरेको खुलासा गर्दै आफू कर्माचार्यको घरमा धेरै वर्ष बसेको स्मरण गरे । कर्माचार्यसँग वैचारिकसँगै पारिवारिक सम्बन्ध पनि रहेको प्रचण्डको भनाइ छ । उनले पार्टी एकता गर्न पनि कर्मचार्यको सहयोग र उत्साह रहेको भन्दै उहाँ कुनै कुराको माग नगर्ने नेता रहेको बताए ।

‘सवै अरुलाई होस् भन्नुहुनथ्यो । उहाँले चाहेको भए आफ्नो पद प्रतिष्ठाको खोजी गरेको भए धेरै सुविधा पाउनुहुन्थ्यो । उहाँको कम्युनिष्ट एकता मात्रै धेय थियो’, प्रचण्डले कर्माचार्यलाई स्मरण गरे ।

अहिलेको कम्युनिष्ट आन्दोलनमा धेरै विसंगति रहेको र त्यो चिर्नु अहिलेको चुनौतीका रुपमा देखा परेको भन्दै प्रचण्डले त्यसका लागि सवै लाग्नुपर्ने बताए ।

आफू कर्मचार्यसँग ६–७ वर्षसम्म सँगै बसेको सम्झदै प्रचण्डले मानिसहरु पार्टी वा राम्रो काममा केही निश्चित समयसम्म लाग्ने भएपनि पार्टीमा निरन्तर लाग्नेमध्ये कर्माचार्य एक योद्धा र जीवनभर कम्युनिष्ट आन्दोलनमा समर्पित भएको व्यक्तित्वको रुपमा स्मरण गरे ।

यस्तो अवसर विरलै आउने भन्दै प्रचण्डले त्यसका लागि पार्टी एकता सुदृढ र सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, ‘सामाजिक न्यायसहितको समृद्धिको नयाँ मोडेल नेपालबाट दिन सक्नुपर्दछ । त्यो अवसर हामीलाई छ । यो अवसर पार्टी एकतालाई सुदृढ बनाएर, सरकारको कामलाई प्रभावकारी बनाएर, गुणात्मक ढंगले जनताको मन जितेर मात्रै पूरा गर्न सकिन्छ ।’

प्रचण्डले अब भदौ महिनाबाट पार्टीका नीति र सरकारका कार्यक्रमबारे जनतालाई जानकारी दिन देशव्यापी अभियान चलाउने पनि बताए ।