८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्स्याङ्‍दीमा जीप खस्दा चालकको मृत्यु



अ+ अ-

बेसीसहर । चामे सडकअन्‍तर्गत लमजुङको मस्र्याङ्दी गाउँपालिका-४ च्याम्चेमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

लमजुङ-मनाङ सिमाना म्यार्दीखोलाबाट जगत आउँदै गरेको ग १ ज ६७८६ नम्बरको जीप बुधबार राति मस्र्याङ्दीमा खस्दा तनहुँ दमौली घर भएका जीप चालक धनबहादुर आचार्यको मृत्यु भएको प्रहरी निरीक्षक बसन्त पाण्डेले बताए ।

बिहीबार बिहान सोही ठाउँमा मनाङ जाँदै गरेको ट्रक हिलोमा फसेपछि धकेल्ने क्रममा मस्र्याङ्दी किनारमा जीप देखिएको थियो। जीपमा चालक मात्रै रहेको बताइएको छ।