१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ दिन रातिमा सिद्धार्थ राजमार्ग बन्द



अ+ अ-

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड आजदेखि १५ दिन रातिमा बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।

चौडा बनाउन पहाड कटान गर्दा सडक बन्द गर्न लागिएको हो । सडक चौडा गर्दा माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गर्न थालिएको प्रमुख लम्सालले बताउनुभयो । बुटवलको सिद्धबाबाबाट झुम्सा पुलसम्म र कालिमाटीबाट गौडेपुलसम्मको क्षेत्रमा सडक चौडा गर्ने काम हुनेछ । हरेक दिन बुलुका ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने प्रमुख लम्सालले बताउनुभयो ।

रातिको समयमा सवारी बन्द गरेर काम गर्दा यात्रुलाई गन्तव्यमा पुग्न समस्या हुने भएकाले दिउँसोमा यात्रा गर्न अनुरोध गरिएको प्रमुख लम्सालले बताउनुभयो । पाल्पा, गुल्मी, स्याङ्जातर्फ सवारी आवागमन गर्ने प्रमुख सडकका रूपमा सिद्धार्थ राजमार्ग रहेको छ ।