१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली-प्रचण्ड कसरत, दुइटा सचिवालय बैठक स्थगित



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लाग्नुभएको छ ।

सचिवालयको बैठक स्थगित गरेर अध्यक्षद्धय कार्यविभाजनको टुंगो लगाउन जुट्नुभएको हो ।

विभाग र आयोगको जिम्मेवारी दिने विषयमा भागवण्डा भएर मोटामोटी सहमति जुटे पनि स्कुल विभागको जिम्मेवारी कसले लिने भन्ने विषयमा नेकपाभित्र विवाद रहेको छ । स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दावी गरेपछि यसअघि बसेको सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउन सकेको थिएन ।

दुई नेताबीच विवाद बढेपछि पार्टीभित्र आधा दर्जनभन्दा बढी नेताहरुले स्कुल विभागको दावी गरेका छन् । स्कुल विभागको विवाद टुंगो लगाउनका लागि आइतवार अध्यक्षद्धय ओली र प्रचण्डबीच प्रधानमन्त्रीनिवास वालुवाटारमा दुईपटक छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ ।

आइतवार सचिवालयको बैठक बोलाइए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अस्वस्थ्य भएपछि स्थगित भएको थियो । तर आइतबार नै प्रधानमन्त्री ओली आइतबार बिहान सोल्टी होटेलमा भएको एउटा कार्यक्रममा सहभागी हुनुभएको थियो ।

पोखरेललाई अध्यक्ष ओली र श्रेष्ठलाई अर्का अध्यक्ष प्रचण्डको साथ रहँदै आएको छ । नेकपाका नीति तथा प्रतिष्ठानसहित ३३ मध्ये ३२ वटा विभागको भागबन्डा मिलिसकेको छ । स्कुल विभागको नेतृत्वमै अध्यक्षद्वयबीच सहमति जुट्न नसकेपछि दुइटा सचिवालय बैठक स्थगित भइसकेको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अब बस्ने सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउने बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘पार्टीभित्र ठूलो विवाद छैन, बैठकले निर्णय गर्छ । स्कुल विभागको प्रमुखमा तपाईँको पनि दावी हो भन्ने जिज्ञासामा नेता खनालले नाम आउनु स्वभाविकै भएको प्रतिक्रिया दिनुभएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।