काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका प्रत्यासी शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई गुट–उपगुट बिर्सेर विवेक प्रयोग गर्न आह्वान गरेका छन् ।
आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा कसैको बहुमत नआएपछि दोस्रो चरणको चुनावमा होमिएका कोइरालाले पत्रकार सम्मेलन गर्दै यस्तो आह्वान गरेका हुन् ।
आफूनिकट नेताहरूसहित आयोजना गरिएको पत्रकार सम्मेलनमा कोइरालाले जुनसुकै परिणाम आए पनि सहर्ष स्वीकार्ने बताएका छन् ।
‘यो स्वस्थ प्रतिस्पर्धा हो । कसले कसलाई समर्थन गर्छ त्यो महत्पपूर्ण होइन । महाधिवेशन प्रतिनिधिको विवेक महत्वपूर्ण हो ।’ कोइरालाले भने, ‘म कांग्रेसको समग्र जीवन सुधार्ने र अव्यवस्थाको चाङ हटाउने प्रयास गर्नेछु । म रुपान्तरण र पुनर्जागरणको कुरा गरेर आएको छु । मेरो देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चित गर्न सम्पूर्ण जीवन व्यतित गर्छु ।’
मंगलबार अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म सभापतिमा पुनः मतदान गर्ने कांग्रेसको तयारी गरेको छ । पुनः मतदान हुँदा प्रतिस्पर्धामा रहेको शेर बहादुर देउवा र कोइरालामध्ये बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।