२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः दोस्रो चरणको मतदान सुरू



अ+ अ-

काठमाडौं । पहिलो चरणबाट सभापति चयन हुन नसकेपछि नेपाली कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ । 

भृकुटीमण्डपस्थित मतदानस्थलमा अपरान्ह पौने चार बजेबाट मतदान सुरु भएको हो ।

कांग्रेसकी बयोवृद्धा प्रतिनिधि शान्ति कार्कीले पहिलो भोट खसाएसँगै मतदान सुरु भएको छ । 

यस्तै, प्रधानमन्त्री तथा सभापतिका प्रत्यासी शेरबहादुर देउवाले पनि भोट खसाइसकेका छन् भने अर्का प्रत्यासी शेखर कोइराला पनि मतदानका लागि उपस्थित भइसकेका छन् ।

देशभरका कांग्रेस प्रतिनिधिहरू सभापति चयन गर्नका लागि मतदानस्थलमा लाइनवद्ध भइसकेका छन् । हिजो भएको मतदानमा कसैले पनि बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो । 

पहिलो चरणमा पराजित उम्मेदवारत्रय प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।