१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशमा मन्त्रिपरिषद बिस्तार, आजै सपथ हुने



अ+ अ-

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद बिस्तार भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् ।

बागमती सरकारमा नेतृत्व गरिरहेको नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री, एक राज्यमन्त्री र सत्ता साझेदार (माओवादी केन्द्र)बाट तीनजना मन्त्री थप गरिएको छ । 

श्रम, रोजगार तथा यातायातमन्त्रीमा माओवादी केन्द्रका घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रीमा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीकै बसुन्धरा हुमागाईं, वन तथा वातावरणमन्त्रीमा माओवादी केन्द्रका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल नियुक्त भएका छन् । यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीका इन्द्रमाया गुरुङ नियुक्त भएकी छन् ।

योसँगै बागमतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ । 

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको सपथ आज साँझ ५ बजे गराउने तयारी भएको छ ।