१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाम्बियामा सडक दुर्घटनामा ११ जनाको मृत्यु, १७ घाइते



अ+ अ-

एजेन्सी । उत्तरी जाम्बियाको माफिङ्गा जिल्लामा गाडी पल्टिँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको सडक सुरक्षा निकायले जनाएको छ ।
  
आइतबार राति ३० यात्रु बोकेको ट्रक चालकले नियन्त्रण गुमाएपछि व्यस्त सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
सडक यातायात तथा सुरक्षा निकायका प्रमुख कार्यकारी अधिकृत ग्लाडवेल बाण्डाले विज्ञप्ति जारी गर्दै ब्रेक फेल भएर गाडी पल्टिएको बताएका छन् । 

उनले नौ जनाको घटनास्थलमै र दुई जनाको स्थानीय अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको बताएका छन् । सरकारका प्रवक्ता चुशी कसण्डाले सडक दुर्घटनामा ११ जनाको ज्यान गएकामा सरकार अत्यन्तै दुःखी भएको बताएका छन् ।