७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा डाका पक्राउ



अ+ अ-

सिरहा । सिरहाबाट फरार प्रतिवादीको रुपमा रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बिष्णु पुर गाउँपालिका–३ राजपुरका २० बर्षिय रुपेश कुमार यादव रहेका छन् ।

डाका मुद्दामा केही दिनदेखि फरार रहेका यादवलाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको नेपाल प्रहरीको टोलीले सूचनाको आधारमा पक्राउ गरेका छन ।

डाका मुद्दा परेका यादव बिगत केहि दिनदेखि छिमेकी मुलुक भारतमा लुकिछिपी बस्दै आएका थिए ।


पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता अपिलराज बोहराले बताए ।