२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सम्पदा मार्ग’ निर्माण गर्दै कामपा



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले घनाबस्तीका बीचमा समेत रमणीय वातावरणमा पैदल यात्राका लागि ‘सम्पदा मार्ग’ निर्माण गर्ने भएको छ । हनुमानढोकाबाट स्वयम्भूसम्मको पदयात्रा निर्माणका लागि गुरुयोजना बनिसकेको महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।

आन्तरिक र बाह्य दुवै खालका पर्यटकलाई आकर्षित गर्न सो मार्ग निर्माण गर्न लागिएको उनले जानकारी गराए । हिँड्नका लागि रमणीय वातावरण बनाउन कामपा, शहरी योजना आयोगले डिजाइन गरिसकेको छ ।

यो मार्ग नयाँ नभएर पुरानै मार्ग भएको उनको भनार्इ रहेको छ । उनले भने, “पहिलेदेखिको सो मार्ग ब्यूँताउनका लागि मात्रै हामीले योजना बनाएका हौँ ।”सम्पदा मार्गले पर्यटकसँगै स्थानीयवासीलाई समेत फाइदा गर्ने प्रवक्ता डङ्गोलले प्रष्ट पारे । घनाबस्तीका कारण काठमाडौँमा हिँड्ने ठाउँ बाँकी नरहेकोे उहाँको भनार्इ छ ।

अहिले कतिपयले रोगका कारण त कतिपयले त्यसै पनि नियमितरुपमा हिँड्न चाहेका उनले बताए । ज्येष्ठ नागरिक बिहान साँझ हिँड्न चाहँदा पनि सवारी चापका कारण हिँड्न सकिरहेका छैनन् । उनले भने, “पैदलयात्रु मात्रै हिँड्ने मार्ग निर्माण गरेपछि बालकदेखि वृद्धसम्म सबै निर्धक्क हिँड्न सक्नेछन् ।”

शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले आयोगले आगामी आवको कार्यक्रममा परेका ४२ आयोजना जस्तै सम्पदा मार्गका लागि डिजाइन भइसकेको बताए । सो मार्ग हिँड्दा सबै उमेर र सबै क्षेत्रका व्यक्तिलाई आनन्द लाग्ने गरी डिजाइन गरिएको छ ।

उनले भने, “मार्गमा परेका कतिपय घरलाई क्षतिपूर्ति दिएर भए पनि योजना अघि बढाउनुपर्छ ।” महानगरले सम्पदा मार्गको निर्माण सम्पन्न भएपछि पशुपतिदेखि बौद्धसम्मको समेत सम्पदा मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बनाएको छ ।